PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

रणवीर कपुरको 'एनिमल' रिलिज पोस्टपोन्ड



पहिलोपोस्ट

रणवीर कपुरको 'एनिमल' रिलिज पोस्टपोन्ड

रणवीर कपुरको एक्सन थ्रिलर फिल्म 'एनिमल'को रिलिज स्थगित भएको छ। बलिउडको बहुप्रतिक्षित फिल्मको अगस्ट ११ रिलिज डेट थियो। अब कहिले रिलिज हुन्छ भन्ने चाहिँ खुलाइएको छैन।

फिल्ममा रश्मिका मन्डना, अनिल कपुर र बबी देवल पनि लिड रोलमा छन्। हिजोमात्र बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले ट्विट गर्दै फिल्म भारतको स्वतन्त्रता दिवसमा रिलिज नहुने जनाएका हुन्।

केही दिनमा नयाँ रिलिज मिति सार्वजनिक हुने उनले जनाएका छन्। गत महिनामात्र एनिमलको प्रि टिजर सार्वजनिक गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell