PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पाँचौ रात पनि दङ्गा उत्तिकै, भिड हटाउन अश्रुग्याँस प्रहार



पहिलोपोस्ट

पाँचौ रात पनि दङ्गा उत्तिकै, भिड हटाउन अश्रुग्याँस प्रहार
फाइल फोटो।

एकजना किशोरको मृत्युलाई लिएर सुरु भएको आन्दोलनको पाँचौ रात पनि फ्रान्स शान्त रहन सकेन। प्रहरी र आन्दोलनकारीबिचका झडप कायमै रह्यो। फ्रान्सको मार्सेली शहर सबैभन्दा तनावग्रस्त अवस्थामा रह्यो। प्रहरीले एक किशोरको गोली हानेर हत्या गरेपछि भड्किएको हिंसामा लुटपाट र आगजन सामान्य झै बनेको छ। भिडियोहमा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको देखिन्छ। गए राति दक्षिणी शहरबाट मात्र ५६ जना मानिस गिरफ्तारीमा परेका छन्। गृह मन्त्रालयका अनुसार कूल ४ सय २७ जना मानिस पक्राउ परेका छन्। हिजो झन्डै एक हजार सय व्यक्ति पक्राउ परेका थिए। बिहीवार राति ९ सय भन्दा धेरै मानिस समातिएका थिए।

आन्दोलनकारी अराजक बनिरहेको भए पनि प्रहरीको पनि बाक्लो परिचालन छ जसले हिंसा नियन्त्रणको प्रयास गरिरहेको छ। ट्राफिक स्टपमा मारिएका १७ वर्षीय नेहल एमको अन्त्यष्टिमा पनि मानिसहरुको ओइरो लागेको छ। मंगलवार उनको मृत्यु भएको हो। पेरिसको सवअर्व नेनतेरीमा प्रहरीले युवकमाथि गोली चलाएको थियो।  

भड्किएको दंगा रोक्नका लागि ४५ हजार हाराहारीमा प्रहरी परिचालन गरिएको छ। 

गए राति मर्सेलीमा ठूलो भिडन्त भएको थियो। अनलाइनमा सार्वजनिक भएका भिडियो फुटेजमा प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्याँस प्रहार गरिरहेको देखिन्छ। फ्रान्सेली मिडियाका अनुसार प्रहरी र आन्दोलनकारी बिच एक घन्टा भन्दा धेरै समय झडप चलिरह्यो। 

कतिपय ठाउँमा सोसल मिडिया पोस्टमार्फत् आन्दोलनका लागि ठूलो संख्यामा सहभागी हुन आह्वान गरिएको भए पनि प्रहरीको बाक्लो उपस्थितिले त्यसमा नियन्त्रण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell