PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

एलन मस्कले भेरिफाइडलाई ६ हजार, अरुलाई ६ सय, नयाँलाई ३ सय ट्विट मात्र हेर्न दिने



पहिलोपोस्ट

एलन मस्कले भेरिफाइडलाई ६ हजार, अरुलाई ६ सय, नयाँलाई ३ सय ट्विट मात्र हेर्न दिने
Image: CNN

ट्विटरका मालिक एलन मस्कले यसका प्रयोगकर्ताले हेर्न पाउने कन्टेन्टमाथि घोषित नियन्त्रण थालेका छन्। उनका अनुसार अल्पकालीन लिमिट भनेर तोक्दै भेरिफाइड अकाउन्ट होल्डरले एक दिनमा ६ हजार वटा ट्विट हेर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले दिनमा ३ सय वटामात्र। मस्कले ल्याएका नीतिअनुसार अनभेरिफाइड अकाउन्ट होल्डरले दिनमा ६ सयवटा ट्विटमात्र पढ्न सक्नेछन्।   

ट्विटमार्फत् नै मस्कले यसखाले घोषणा गरेका हुन्। उनले डेटा स्क्र्याप्रिङ र सिस्टममा तोडमरोड गर्नबाट बच्नका लागि यसखाले निर्णय गर्नु परेको जनाएका छन्।

ट्विटरमाथि अधिपत्य जमाउनुभन्दा अघिदेखि नै विवादित अभिव्यक्ति दिँदै आएका मस्क युवा पुस्ताबिच निक्कै चर्चित नाम हो। व्यवसायिक क्षेत्रमा उनी धेरैका 'आदर्श' समेत हुन्। तर, अभिव्यक्ति स्वतन्त्रताका विषयमाथि उनको दृष्टिकोण बारम्बार विवादमा तानिँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell