PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

जेलेन्सकीको दाबी : युक्रेनी सेनाले २१ हजार वाग्नर लडाकूलाई मारे



पहिलोपोस्ट

जेलेन्सकीको दाबी : युक्रेनी सेनाले २१ हजार वाग्नर लडाकूलाई मारे
Photo : Reuters

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धका क्रममा २१ हजार वाग्नर लडाकू मारिएको बताएका छन्। रसियाको तर्फबाट युद्धमा होमिएका निजी सेना समूह वाग्नर दक्षिण युक्रेनमा नराम्ररी मारिएको उनले दाबी गरेका हुन्।

'युक्रेनी सेनाले २१ हजार वाग्नर लडाकूलाई दक्षिण युक्रेनमा मारेका छन्,' उनले भने।

एक साता अघि वाग्नर समूहले विद्रोह गर्दे मस्को नियन्त्रणमा लिने प्रयास गरेको थियो। वाग्नर समूहले विद्रोह गर्ने घोषणा गरेपछि भने रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले सो समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई कारवाही गर्ने चेतावनी दिएका थिए। मस्को तर्फ वाग्नर लडाकूहरु अघि बढ्दै गर्दा पुटिनले सो चेतावनी दिएका थिए। तर, बेलारुससँगको सहमति पछि सो समूह पछि हटेको थियो। हाल वाग्नर प्रमुख प्रिगोजिन बेलारुसमा रहेको बताइन्छ।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सुरु भएको युद्ध ४९४ दिन पुगिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell