PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नारायणगढ-मुग्लिन सडक : पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने



पहिलोपोस्ट

नारायणगढ-मुग्लिन सडक : पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने
फाइल फोटो : हीरालाल गुरुङ / रासस

चितवन : नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेश कुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ।

‘अर्को ढिस्को पनि खस्ने अवस्थामा छ,’ पौडेलले भने।

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell