PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

अदालतका कर्मचारी हड्तालमा, सेवाग्राही मर्कामा



पहिलोपोस्ट

अदालतका कर्मचारी हड्तालमा, सेवाग्राही मर्कामा

काठमाडौं : अदालतका कर्मचारीले हड्ताल गर्दा देशभरका सेवाग्राही मर्कामा परेका छन्।

ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले आज हड्ताल गरेका हुन्। चार कर्मचारी सङ्गठनले हड्तालको आयोजना गरेका हुन्।

कर्मचारीको आन्दोलनका कारण मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही मर्कामा परेका छन्। नासु तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरि प्रहरीले कारबाही प्रक्रिया अघि बढाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell