PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सुरु भयो वेब सिरिज 'रणा भो'को छायाङ्कन



पहिलोपोस्ट

सुरु भयो वेब सिरिज 'रणा भो'को छायाङ्कन

काठमाडौं: वेब सिरिज 'रणा भो'को छायाङ्कन सुरु भएको छ। आइतबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको सुटिङ सुरु गरिएको हो।

मूभि पोइन्टको प्रस्तुती र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा बन्ने सिरिजमा रामजी राउत र ज्ञान कुमार कट्टेलको निर्देशन रहेको छ। यस सिरिजको सम्पूर्ण छायाङ्कन काठमाडौंमा गरिनेछ। यस सिरिजको कथा निर्देशक राउत र कट्टेलले नै लेखेका हुन्।

वेब सिरिजमा कलाकार रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रितिका शर्मा, ज्ञान कुमार कट्टेल, रामजी राउत, सपेन्द धिताल, शंकर राज पहाडी, आर्यन राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनिषा कार्की, विवेक सिलवाल, दिनेश कार्की र बाल कलाकार एलेक्स खड्काको अभिनय छ।

वेब सिरिज ‘रणा भो’ टाइटलको अर्थ ‌'औडा वा तनाव भयो' भन्ने रहेको निर्देशक राउतले बताए। वेव सिरिजलाई साउन २० गते युट्युवमा रिलिज गर्ने निर्माण टिमको योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell