PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘राजागन्ज’मा दयाहाङसँगै देखिने भइन् निकिता चाण्डक, फिल्मको छायाङ्कन साउन १२ बाट



पहिलोपोस्ट

‘राजागन्ज’मा दयाहाङसँगै देखिने भइन् निकिता चाण्डक, फिल्मको छायाङ्कन साउन १२ बाट

काठमाडौं : सन् २०१७ की मिस नेपाल निकिता चाण्डक नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। ‘साङ्लो’बाट डेब्यू गरेकी निकिता तीन वर्षपछि ‘राजागन्ज’बाट पुनः सिनेक्षेत्रमा फर्किन लागेकी हुन्।

यस फिल्मलाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दीपक रौनियारले निर्देशन गर्नेछन्। यस फिल्ममा निकितासँगै दयाहाङ राई र आशा मंगराती मुख्य भूमिकामा देखिनेछन्।

क्राइम थ्रिलर जनरामा निर्माण हुने फिल्ममा ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको लगानी रहनेछ। अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता कलाकारसँग अभिनय गर्न पाउँदा आफू उत्साहित भएको निकिताले बताइन्।

यस फिल्ममा निकिता, दया र आशाका साथै ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ।

आदि फिल्म्स् र बासुरी फिल्म्स् प्रोडक्सनको संयुक्त प्रस्तुति रहने सिनेमाको सुटिङ साउन १२ गतेदेखि सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell