PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

वाग्मतीको बजेट संशोधन गर्न एमालेले राख्यो ११ बुँदे माग



पहिलोपोस्ट

वाग्मतीको बजेट संशोधन गर्न एमालेले राख्यो ११ बुँदे माग

हेटौंडा : वाग्मती प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्न नेकपा (एमाले)ले माग गरेको छ। असार १ गते आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा प्रदेशका मुख्यमन्त्री र दुई मन्त्रीका जिल्लामा मात्र बजेट खन्याएको भन्दै एमाले संसदीय दलले विरोध गरेको हो।

एमालेले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री र मन्त्रीहरुले आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा मात्र बजेट खन्याएको तर अन्यत्र बजेट नदिएको भन्दै बजेट संशोधन गर्न माग गरेको छ।

वाग्मती प्रदेश सरकारले विकराल र भयानक आर्थिक अवस्थालाई नजरअन्दाज गर्दै प्रस्तुत गरेको असन्तुलित बजेटप्रति एमालेले असन्तुष्टि व्यक्त गरेको हो। ११ बुँदे मागहरु राख्दै आइतवार पनि संसद् अवरुद्ध गरिने एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

सार्वजनिकरुपमा संचालन हुने विद्युत्तीय सवारी साधन संचालन गर्न बजेटको व्यवस्था गरिनुपर्ने, भीमफेदी कुलेखानी सुरुङ मार्गका लागि शीर्षक मात्र होइन प्रदेश सरकारबाट संघीय सरकारसँग समन्वय गरी बजेटको व्यवस्था गरिनुपर्ने, पालिकाको केन्द्रसँग जोड्ने सडक सञ्जाल निर्माणका लागि गुरुयोजना बनाई बजेटको व्यवस्था गरिनुपर्ने, १३ वटै जिल्लामा प्रदेश गौरवका योजनालाई बजेटमा व्यवस्था गरिनुपर्ने, कृषिमा आधुनिकीकरण गरी युवाहरुलाई देशमा नै स्वरोजगार बनाउन अघिल्ला सरकारले सुरु गरेको सहुलियतपूर्ण ऋणको रकम ३ अर्बलाई बढाएर बजेटमा व्यवस्था गरिनुपर्ने लगायतका मागहरु एमालेले राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell