PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बालिका बलात्कारको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ



पहिलोपोस्ट

बालिका बलात्कारको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

बुटवल : बालिका बलात्कारको अभियोगमा रुपन्देहीमा एक वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका-५ मानपकडीका ६० वर्षीय शिव भारती रहेका छन्।

घरमा चकलेट खान दिने भनेर बोलाएका भारतीले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार शुक्रवार दिउँसो साढे ४ बजेको समयमा बालिकामाथि बलात्कार भएको हो।

इलाका प्रहरी कार्यालय छपियाको प्रहरी टोलीले भारतीलाई पक्राउ गरेको हो। आइतवार जिल्ला प्रहरी कार्यालयमा ल्याइएका उनलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell