PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

ललिता निवास प्रकरण, थप तीन जना अनुसन्धानका लागि पक्राउ 



पहिलोपोस्ट

ललिता निवास प्रकरण, थप तीन जना अनुसन्धानका लागि पक्राउ 

काठमाडौंः ललिता निवास जग्गा प्रकरणमा भएमा कीर्ते अनुसन्धानका क्रममा थप तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तीन जनालाई पक्राउ गरेको हो। 

ब्यूरोले बाबुराजा महर्जन, शिवजी भट्टराई र घमनकुमार कार्कीलाई पक्राउ गरेको हो। उनीहरु मोही र कर्मचारी हुन्।

प्रहरीले यसअघि निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

जग्गा प्रकरणमा यसअघि १७५ जनालाई विपक्षी बनाएर मुद्दा दायर भइसकेको छ। प्रहरीले अहिले उक्त प्रकरणमा सरकारी कागजात कीर्तेको अनुसन्धानका लागि आरोपित पक्राउको क्रम जारी राखेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell