PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

तीन नम्बर पुलमा पुनः पहिरो : कन्टेनरमा क्षति, नारायणगढ-मुग्लिन सडक दुई तर्फी रुपमा अवरुद्ध



पहिलोपोस्ट

तीन नम्बर पुलमा पुनः पहिरो : कन्टेनरमा क्षति, नारायणगढ-मुग्लिन सडक दुई तर्फी रुपमा अवरुद्ध

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा पुनः पहिरो गएको छ। पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।

सोमवार बिहान १:५० बजे पहिरो जाँदा एक ट्रकमा क्षति पुगेको छ भने ट्रक सडकमा पल्टिएको छ। नारायणगढदेखि काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कन्टेनर ट्रकमा अचानक माथिबाट आएको पहिरोले लागेको ईलाका प्रहरी कार्यालय मुग्लिनले बताएको छ।

पहिरोले लागेर कन्टेनर सोही स्थानमा छेउमा रहेको माटोको ढिस्कोमा फस्दा सडक दुई तर्फी रुपमा अवरोध भएको छ। कन्टेनर चालक पर्साको वीरगंज बस्ने ३५ वर्षीय राम पुकार घाइते भएका छन्।

पुकारलाई उपचारका लागि स्थानीय हाइवे अस्पताल लगिएको र उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। उक्त कन्टेनर हटाउन पहल भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell