PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

देशभरीका कांग्रेस जिल्ला सभापतिलाई देउवाले बोलाए सानेपा



पहिलोपोस्ट

देशभरीका कांग्रेस जिल्ला सभापतिलाई देउवाले बोलाए सानेपा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरीका कांग्रेस जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएको छ। कांग्रेस जिल्ला सभापतिहरुलाई असार २१ गते पार्टीको केन्द्रीय कार्यालय सानेपा बोलाइएको हो।

पार्टीको आन्तरिक विषयमा छलफल गर्न सभापतिहरुलाई सानेपा बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचि डा प्रदीप पराजुलीले जानकारी दिए। 'यो औपचारिक भेला हैन। पार्टीको आन्तरिक विषयमा छलफलका लागि बोलाइएको बैठक हो,' पराजुलीले भने। बैठकमा के विषयमा छलफल हुन्छ भन्ने विषय उनले खुलाएनन्।

नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि छलफल गर्न निम्तो आएको मकवानपुर कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए। 'हामीलाई क्रियाशील सदस्यलाई अपग्रेडसम्बन्धी विषयमा छलफल गर्न भन्दै सर्कुलर आएको छ,' सभापति लामाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell