PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सनी र अमिषा स्टारर 'गदर २' मा नाना पाटेकरको 'इन्ट्री'



पहिलोपोस्ट

 सनी र अमिषा स्टारर  'गदर २' मा नाना पाटेकरको 'इन्ट्री'

सनी देवल र अमिषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ साउन ११ बाट प्रदर्शन हुँदैछ। हिट फिल्म ‘गदर’ को सिक्वेल २२ वर्षपछि रिलिज हुन लाग्दा दर्शकहरु निकै उत्साहित छन्।

यसैबीच, गदरको सिक्वेलमा अभिनेता नाना पाटेकरको इन्ट्री भएको खबर बाहिरिएको छ। भारतीय समीक्षक तरण आदर्शले गदर २ मा नाना पाटेकर भित्रिएकोबारे जानकारी दिएका हुन्।

तरणले ट्विटरमा पाटेकरको डबिङ गरिरहेको एक फोटो सेयर गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘नाना पाटेकरले गदर २ मा लागि आवाज दिएका छन्। नानाको भ्वाइस ओभरले दर्शकलाई फिल्मको सुरुमै गदर २ सँग परिचित गराउनेछन्।’

यसअघि सन् २००१ मा रिलिज भएको 'गदर' मा ओम पुरीले आफ्नो आवाज दिएका थिए। उनको सट्टा सिक्वेलमा पाटेकरको आवाज समावेश गरिएको छ।

अनिल शर्माको निर्देशन रहेको यस फिल्मको हालै टिजर सार्वजनिक भएको थियो। जसमा सनी देवल तारासिंहको भूमिकामा देखिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell