PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

रणवीर कपुर अभिनित ‘एनिमल’ को तोकियो नयाँ रिलिज मिति



पहिलोपोस्ट

रणवीर कपुर अभिनित ‘एनिमल’ को तोकियो नयाँ रिलिज मिति

रणवीर कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’ नयाँ प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी १ डिसेम्बर (मंसिर १५) रिलिज हुने पक्का भएको हो।

यसअघि ११ अगस्टको लागि रिलिज मिति तोकिएको थियो। तर, दुई दिनअघि पूर्वनिर्धारित मिति स्थगित गरिएको थियो। भारतीय समीक्षक तरण आदर्शले फेसबुकमार्फत नयाँ मितिबारे जानकारी दिएका हुन्।

यस फिल्ममा रणवीर अहिलेसम्मकै फरक भूमिका रहेको बताइएको छ। फिल्ममा रणवीरका साथै अनिल कपुर, बबी देओल, तृप्ती डिमरी र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगाको निर्देशन र लेखन रहेको यो फिल्म पाँच भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell