PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चीन भ्रमणमा एकपछि अर्का अमेरिकी मन्त्री



पहिलोपोस्ट

चीन भ्रमणमा एकपछि अर्का अमेरिकी मन्त्री
File Photo: Chung Sung-Jun/Getty Images

साङ्घाई : अमेरिकी अर्थमन्त्री जेनेट एलेन यसै साता बेइजिङ आउने भएकी छन्। चिनियाँ अर्थ मन्त्रालयले अमेरिकी मन्त्रीको भ्रमण हुन लागेको पुष्टि गरेको छ।

मन्त्रालयले जारी गरेको प्रेसनोटमा भनिएको छ, ‘चीन र संयुक्त राज्यबिच भएको सहमति अनुसार संयुक्त राज्यकी ट्रेजरी सेक्रेटरी जेनेट एलेनले जुलाई ६-९ सम्म चीनको भ्रमण गर्ने छिन्।’

दुई देशबिच टकराव बढ्दै जाँदा बेइजिङ भ्रमण गर्ने उनी बाइडेन क्याबिनेटकी दोस्रो मन्त्री हुन्। यसअघि जुनको पहिलो साता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमण गरेका थिए।

मन्त्री एलेनले भ्रमणका क्रममा चिनियाँ अर्थमन्त्री लिउ खुनसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell