PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइलनमा



पहिलोपोस्ट

सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइलनमा
Photo: ACC

काठमाडौं : नेपाल एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले फाइनल खेलको यात्रा तय गरेको हो। नेपालले अब मंगलवार फाइनलमा मलेसियासित खेल्नेछ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा ९ विकेटको क्षतिमा एक सय ८४ रन बनायो। एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिङ्गापुरले ३१ दशमलव तीन ओभरमा अल आउट हुँदै ८७ रन मात्र बनायो।

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरज कुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे। कोइरालाले ४९ बल खेल्दै ६ चौकाको मद्दतमा ४३ रनको योगदान दिए।

यस्तै, यादवले ४९ बल खेल्दै एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए। यसैगरी, अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए।

बलिङतर्फ सिङ्गापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई/दुई विकेट लिए।

एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिङ्गापुरका लागि रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए।

बलिङतर्फ नेपालका कार्तिक कामतले तीन तथा सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले एक/एक विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell