PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

ललिता निवास प्रकरण : थप दुई जना समातिए, पशुपति टिकिन्छा गुठीको नाममा हिनामिना गरेका थिए जग्गा



पहिलोपोस्ट

ललिता निवास प्रकरण : थप दुई जना समातिए, पशुपति टिकिन्छा गुठीको नाममा हिनामिना गरेका थिए जग्गा

काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा समरजंग कम्पनीका तत्कालिन अधिकृत रमेश कुमार पोखरेल र देवनारायण महर्जन छन्। महर्जन भने नक्कली मोही बनेका थिए।

जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहरण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा रहेको देखिएको हो।

आइतवार ब्युरोले बाबुराजा महर्जन, शिवजी भट्टराई र घमन कुमार कार्कीलाई पक्राउ गरेको हो। उनीहरु मोही र कर्मचारी हुन्।

प्रहरीले यसअघि मंगलवार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

जग्गा प्रकरणमा यसअघि १७५ जनालाई विपक्षी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गरिसकेको छ। प्रहरीले अहिले उक्त प्रकरणमा सरकारी कागजात किर्तेको अनुसन्धानका लागि आरोपित पक्राउको क्रम जारी राखेको छ।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउपुर्जी लिइसकेको छ।

त्यस्तै, मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेको १ सय १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै छुट जग्गामा १३ जना र निवास परिसर सट्टापट्टामा ७४ जनाको पुर्जी लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab2d060713dd0.95651279): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab2d060713dd0.95651279,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293