PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोशीको गाँठो फुकाउन बालुवाटारमा गठबन्धनको बैठक



पहिलोपोस्ट

कोशीको गाँठो फुकाउन बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीको विवाद मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी भएको बैठक केहीबेर अघि सुरु भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

नेकपा (एमाले)का नेता हिक्मत कार्कीको सरकार असार १५ मा ढलेपछि आइतवार नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतवार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार बनाउन खापुङ्गले आह्वान गरेका थिए।

मुख्यमन्त्रीमा दाबीका लागि असार २१ सम्म मात्रै समय छ। कोशीमा गठबन्धन भित्रै कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद भएपछि शीर्ष नेता मार्फत विवाद मिलाउन पहल सुरु भएको हो। कोशी प्रदेशमा एमाले ४० सांसद सहित पहिलो दल हो भने कांग्रेस २९ सांसदसहित दोस्रो, गठबन्धनसँग ४६ जना सांसद छन्। कार्कीले लिएको विश्वासको मतमा १ सांसद रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) तटस्थ बसेको थियो। ९३ सदस्यीय कोशी प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell