PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'अदृश्य' साउन १९ बाट



पहिलोपोस्ट

'अदृश्य' साउन १९ बाट

काठमाडौं: अभिनेता प्रमोद अग्रहरीको मुख्य भूमिका रहेको फिल्म 'अदृश्य' को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। प्रल्हाद काफ्लेको निर्माण र निर्देशन रहेको यो फिल्म साउन १९ गतेबाट रिलिज हुनेछ।

फिल्ममा प्रमोदका साथै सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिकामा देखिनेछन्। पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा आकाश उखेडाको कथा, पटकथा तथा संवाद रहेको छ।

फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

उत्तम हुमागाई र मोहनकुमार झिल्लुको छायाङ्कन रहेको फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell