PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने गठबन्धनको निर्णय



पहिलोपोस्ट

कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने गठबन्धनको निर्णय

काठमाडौं : सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका कोशी प्रदेशको संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले थापालाई उम्मेदवार बनाउने निचोड निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डले बताए।

असार २१ गतेसम्म मुख्यमन्त्रीमा दाबी गरिसक्नुपर्ने गरी आइतवार मात्रै नयाँ सरकार गठनका लागि आह्वान भएको थियो। कसलाई मुख्य मन्त्री बनाउने भन्नेबारेमा गठबन्धनमा विवाद भएका बेला बालुवाटारको बैठकले थापालाई उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell