PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

जनमतलाई एक मन्त्रालय दिने गठबन्धनको निर्णय, सीके राउतको 'लबिइङ' कुनमा?



पहिलोपोस्ट

जनमतलाई एक मन्त्रालय दिने गठबन्धनको निर्णय, सीके राउतको 'लबिइङ' कुनमा?

काठमाडौं : सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनमतसँग वार्ता गर्न भनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता तथा श्रममन्त्री सरदसिंह भण्डारीले जानकारी दिए। 'जनमतलाई पनि सरकारमा ल्याउने सहमति भएको छ। अलिकति असन्तुष्टिका कारण मात्रै हो जनमत पहिला पनि सरकारमै थियो,' उनले भने।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा जनमतका अब्दुल खान खानेपानी मन्त्री बनेका थिए। चैत १७ मा भएको मन्त्रिपरिषदको पुनर्गठनमा खानले असन्तुष्टि जनाएर राजीनामा दिएका थिए। संसदमा बजेटमाथि भएको मतदानमा पनि जनमतले पक्षमा मतदान गरेको थिएन।

जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमतबिचको किचलोका कारण पनि प्रचण्डसँग जनमतका अध्यक्ष डा सिके राउत टाढिएको बताइन्छ। जनमतको संसदमा ६ सांसद छन्। जनमतका नेताहरुका अनुसार पर्यटनमा जनमतले दाबी गरिरहेको छ। अब्दुल खानले पुन सरकारमा जाने इच्छा देखाएका छन्। जनमत सरकारमा जानका लागि भने केही हप्ता कुर्नुपर्ने बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell