PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, वर्ग अनुसार कहाँ कति?



पहिलोपोस्ट

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, वर्ग अनुसार कहाँ कति?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य समायोजन गरेको हो। निगमले वर्ग विभाजन गरेर न्यूनतम ५ देखि सात रुपैयाँ ५० पैसासम्म मूल्य घटाएको हो। 

निगमले हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १४ र अन्तर्राष्ट्रियमा प्रतिलिटर करिब १५ रुपैयाँले मूल्य घटाएको हो। 

नयाँ मूल्य अनुसार अब विराटनगर, जनकपुर, वीरगंज, नेपालगन्ज र धनगढीमा पेट्रोल १६७, डिजेल र मट्टीतेल अब प्रतिलितर १४७ मा कारोबार हुने छ। यसअघि क्रमशः १७५ र १५५ थियो। 

यस्तै, सुर्खेत र दाङमा पेट्रोल १६९ तथा डिजेल र मट्टीतेल १४९ मा कारोबार हुनेछ। तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १७० तथा डिजेल र मट्टीतेल १५० रुपैयाँ प्रतिलिटर खुद्रा मूल्य तोकिएको छ। 

निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell