PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पोखरा-बागलुङ सडक खण्डमा पनि खस्यो पहिरो, हिजो रातिदेखि यात्रु अलपत्र



पहिलोपोस्ट

पोखरा-बागलुङ सडक खण्डमा पनि खस्यो पहिरो, हिजो रातिदेखि यात्रु अलपत्र
प्रतीकात्मक फाइल फोटो।

पर्वत : धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा-बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो।

भारी वर्षाका कारण भिरबाट ठूला-ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो। अवरुद्ध सडक खुलाउनका लागि जेसीबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन्। अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell