PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

मंगलवार आयरल्याण्डलाई हराए टेस्ट राष्ट्रमाथि हुनेछ नेपालको पहिलो ओडीआई जित



पहिलोपोस्ट

मंगलवार आयरल्याण्डलाई हराए टेस्ट राष्ट्रमाथि हुनेछ नेपालको पहिलो ओडीआई जित
Photo: CAN

काठमाडौँ: विश्वकप छनोटका लागि जिम्बावे पुगेको नेपाली क्रिकेट टोलीले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोटबाट बाहिरिसकेका यी दुई टोली आज सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल मध्यान्ह पौने १ बजे टाकासिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ।

आयरल्याण्ड नेपालले एकदिवसीय क्रिकेट खेल्न लागेको तेस्रो टेस्ट मान्यताप्राप्त टोली हो। यसअघि नेपालले जिम्बावेमै दुई टेस्ट मान्यता पाएका टोली वेस्टइण्डिज र घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरेको थियो। तर, दुबै खेलमा पराजित हुँदा हालसम्म एकदिवसीय क्रिकेटमा टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउन सकेको छैन।

विश्वकप छनोटको समूह 'ए' बाट नेपाल चौथो बन्दै सुपरसिक्समा पुग्न असफल भएको थियो भने आयरल्याण्ड समूह 'बी' बाट चौथो हुँदै सुपर सिक्स पुग्न असफल भएको थियो। प्लेअफमा नेपालले यूएईलाई र आयरल्याण्डले अमेरिकालाई हराउँदै सातौँ स्थानको प्लेअफमा आइपुगेका हुन्। यी दुई टोलीबीच विजेता सातौँ र पराजित टोली आठौँ बन्नेछ। त्यस्तै अमेरिका र यूएईबीचको विजेता टोली नवौँ र पराजित टोली दशौँ बन्नेछ। पछिल्ला पाँच खेल खेल्दा नेपाल र आयरल्याण्डले समान २ जित र ३ हार ब्यहोरेका छन्।

आईसीसीको एकदिवसीय वरीयतामा आयरल्याण्ड १३ औँ स्थानमा रहँदा नेपाल १४ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell