PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फाइनलमा रवाफिलो जित निकाल्दै नेपाल च्याम्पियन : ब्याटिङमा नरेनको शतक, बलिङमा अभिषेकको ५ विकेट



पहिलोपोस्ट

फाइनलमा रवाफिलो जित निकाल्दै नेपाल च्याम्पियन : ब्याटिङमा नरेनको शतक, बलिङमा अभिषेकको ५ विकेट
Photo: ACC

काठमाडौं : नेपाली यू १६ क्रिकेट टोली एसीसी मेन्स यू १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ। मंगलवार बायुएमास ओभल स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो। नेपालका लागि नरेन भट्टले शतकीय इनिङ्स खेल्दै सर्वाधिक अविजित ११२ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेको नेपालका लागि ओपनर निरज कुमार यादवले ४७ तथा सूर्यांसु कोइरालाले १८ रन बनाए। त्यस्तै सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए।

बलिङतर्फ मलेसियाका मोहम्मद अक्रमले सर्वाधिक ३ विकेट लिँदा हजिक हैक्वल, अरिन अक्विल र मोहम्मद फातुन मुइनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसिया १४.४ ओभरमा ३१ रनमा अलआउट हुन पुग्यो। मलेसियाका लागि मोहम्मद अक्रमले सर्वाधिक १० रन बनाउँदा पाँच ब्याट्सम्यान शून्य रनमै समेटिएका थिए।

बलिङतर्फ नेपाली टोलीका कप्तान अभिषेक तिवारीले सर्वाधिक ५ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ७ रन दिएर पाँच विकेट लिएका हुन्। त्यस्तै सन्तोष यादवले ३ तथा सागर गैह्रे र १ विकेट लिए।

प्रतियोगिताको समूह 'ए'मा रहेको नेपालले थाइल्याण्ड लाई २२५ रन र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराएर फाइनल प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell