PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कार्लोभी भारी चलचित्र महोत्सवमा ‘गुराँस’को वर्ल्ड प्रिमियर हुने, चेक रिपब्लिक उडिन् मेनुका



पहिलोपोस्ट

कार्लोभी भारी चलचित्र महोत्सवमा ‘गुराँस’को वर्ल्ड प्रिमियर हुने, चेक रिपब्लिक उडिन् मेनुका

काठमाडौैं : मेनुका प्रधान अभिनित फिल्म ‘गुराँस’ चेक रिपब्लिकको ‘द कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर हुने भएको छ। ५ जुलाई अर्थात बुधवार हुने प्रिमियरमा सहभागी हुन अभिनेत्री मेनुका मंगलवार चेक रिपब्लिक उडेकी छिन्।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो पटक हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको मेनुकाले बताइन्।

‘यो इन्टरनेशनल फेस्टिभलमा मेरो पहिलो अनुभव हो। म निकै उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु। तर मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै भन्दा धेरै फिल्म हेर्न मन छ। अनि त गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ,’ उनले भनिन्।

सौरभ राई निर्देशित फिल्मको छायाङ्कन दार्जिलिङमा गरिएको हो। नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको फिल्मभित्र मेनुका गुराँसको आमाको भूमिकामा छिन्। त्यसैगरि, ‘गुराँस’को भूमिकामा तुलसी खवास देखिँदा खगेन्द्र लामिछानेको पनि फिल्ममा अभिनय रहेको छ।

फिल्मको लेखेक समेत रहेका निर्देशक राई फेस्टिभलमा सहभागी हुनेछन्। कोलकाताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट डिप्लोमा गरेका निर्देशक राईले यसअघि ‘निम्तो’को  निर्देशन गरेका थिए।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट प्रस्तुत गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ। राईले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको समेत बताए।

उनले भने, ‘केही समय पहिले मेरो घरको पनि कुकुर यसरी नै हरायो। कुकुर हराएको कुराले आमा एकदमै चिन्तित हुनुभयो। एक दिन टाढाबाट आइरहेको कुकुरको आवाज आफ्नै जस्तो लागेर उहाँ खोज्न निस्किनु भयो। आमाको त्यो खोजाइलाई मैले बालिकामा कल्पना गरेर यो कथा तयार गरेको हुँ। जसरी गुराँस जंगलमा भइकन पनि निर्दोष हुन्छ, यो कथाका चरित्र पनि त्यस्तै नै छन्।’

‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन्। फिल्मको हल रिलिजको विषयमा भने टुंगो लाग्न सकेको छैन। ‘गुराँस’ले निर्माण अगावै नेदरल्याण्ड्सको हुबेर्ट बल्स फन्ड समेत जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell