PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आयरल्याण्डविरुद्ध टस हारेर नेपाल ब्याटिङमा



पहिलोपोस्ट

आयरल्याण्डविरुद्ध टस हारेर नेपाल ब्याटिङमा

काठमाडौँ: नेपाली क्रिकेट टोली आयरल्याण्डविरुद्ध सुरुवाती ब्याटिङमा उत्रिएको छ। जिम्बावेको टाकासिंगा स्पोर्टस क्लबमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको हो।

विश्वकप छनोटबाट बाहिरिसकेका यी दुई टोली आज सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। आयरल्याण्ड नेपालले एकदिवसीय क्रिकेट खेल्न लागेको तेस्रो टेस्ट मान्यताप्राप्त टोली हो। यसअघि नेपालले जिम्बावेमै दुई टेस्ट मान्यता पाएका टोली वेस्टइण्डिज र घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरेको थियो। तर, दुबै खेलमा पराजित हुँदा हालसम्म एकदिवसीय क्रिकेटमा टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउन सकेको छैन।

नेपाली प्लेइङ ११

अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, किशोर महतो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell