PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

शीर्ष नेतालाई सभामुख घिमिरेले भने : समितिको सभापति चयन गर्नुहुन्छ कि मैले स्टेप चाल्नुपर्छ?



पहिलोपोस्ट

शीर्ष नेतालाई सभामुख घिमिरेले भने : समितिको सभापति चयन गर्नुहुन्छ कि मैले स्टेप चाल्नुपर्छ?

काठमाडौं : संसदीय समितिको सभापति चयनबारे मुख्य तीन दलका शीर्ष नेताबिच छलफल भएको छ।

चाँडै समितिको सभापति चयनबारे निर्णय गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्। समिति सभापति निर्वाचनबाट टुङ्गिने पनि घिमिरेले बताए।

'चयन त निर्वाचनबाट हुन्छ तर समझदारी गर्न कोसिस गर्ने। हामीले तुरुन्त त्यो काम गर्न लाग्छौं,' उनले भने। वैशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन। जेष्ठ सदस्यले सभापतिको भूमिका निर्वाह गर्ने व्यवस्था अनुसार संसदका समितिका बैठक बसेका थिए।

घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समिति सभापति चयन गर्न ढिला भएको भन्दै ध्यानकर्षण गराएका थिए। यस्तै, घिमिरेले तीन दलका नेतालाई समिति सभापतिबारे सल्लाह मागेका थिए।

'मलाई चुनाव गर भन्नु हुन्छ कि मिलाउनुहुन्छ, कि तुरुन्त गर्नुस् नभए मैले स्टेप चाल्नुपर्ने हुन्छ भनेर उहाँहरुलाई बोलाएको थिएँ,' घिमिरेको भनाइ थियो। घिमिरेले तीन दलका नेताहरुले तुरुन्त सभापति चयन गर्ने आश्वासन दिएको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell