PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अर्धशतकबाट चुके अर्जुन, नेपाली ब्याट्सम्यानलाई साझेदारी बनाउनै संघर्ष



पहिलोपोस्ट

अर्धशतकबाट चुके अर्जुन, नेपाली ब्याट्सम्यानलाई साझेदारी बनाउनै संघर्ष
फोटो : क्यान

काठमाडौं : विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद अर्धशतकबाट चुकेका छन्। जिम्बावेमा जारी आयरल्याण्डविरुद्धको खेलमा ओपनर साउद ८४ बलमा ४८ रन बनाउँदै एलबीडब्लु आउट भएका हुन्।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ८.१ ओभरमा ८ रन बनाएर खेलिरहेका कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको थियो। त्यस्तै दोस्रो विकेट ज्ञानेन्द्र मल्लको १२.३ ओभरमा गुम्यो। भुर्तेल र मल्ल दुवै क्राइग योङको बलमा लोर्कन टक्करबाट क्याचआउट भएका थिए।

तेस्रो विकेट कप्तान रोहित कुमार पौडेलको गयो। ३५ बलमा २९ रन बनाएका उनी कर्टिस क्याम्परको बलमा क्याचआउट भए।

त्यस्तै, २५.६ ओभरमा अर्जुन साउद गेरेथ डेनलीको बलमा एलबीडब्लु आउट भएका हुन्।

नेपालले पहिलो विकेटका लागि २७ रनको साझेदारी बनाउँदा दोस्रो विकेटका लागि १७ रनको साझेदारी बनायो। त्यस्तै ५० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने बेलामा कप्तान पौडेलको विकेट गएको थियो। चौथो विकेटका लागि साउद र भीम सार्कीले १४ रनको साझेदारीमात्र बनाउन सके।

क्रिजमा टिकेर खेलिरहेका साउदको विकेट गएपछि ठूलो साझेदारी बनाउने चुनौती नेपाललाई थपिएको छ। हाल क्रिजमा कुशल मल्ल र भीम सार्की छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell