
सन् २०२३ बलिउडका बक्स अफिसका लागि मिश्रित परिणाम दिने वर्ष बन्दैछ। बलिउड वास्तवमै 'अनप्रेडिक्टेबल' बन्दै गएको छ। कुन ब्यानर र कुन एक्टरको फिल्म चल्छ कसैले ठोकुवा गर्न सक्दैन। यस वर्षको पहिलो हाफसम्म बिग व्यानरका झन्डै आधा दर्शन फिल्म फ्लप भए। चर्चा नै नभएका केही फिल्मले भने सोच्दै नसोचेको कमाइ पनि गरे। यहाँ हामी ६ महिनामा फ्लप भएका ५ फिल्मको चर्चा गर्छौं -
फ्लप नम्बर १ : आदिपुरुष
बजेटको आकार जत्रो फ्लप हुँदाको असर पनि उत्तिकै। बहुप्रतिक्षित फिल्म थियो आदिपुरुष। बाहुबलीपछि लगातार दुई असफल फिल्म दिएका प्रभासको यस फिल्मबाट बक्स अफिसमा बाउन्स व्याकको अपेक्षा थियो। रामायणको कथामा आधारित फिल्म पक्कै चल्छ भन्ने थियो। तर फिल्म भारतमा मात्र होइन नेपालमा पनि बदनाम बन्न पुग्यो। फिल्मको संवादलाई लिएर चर्को आलोचना भयो भने यसमा प्रयोग भएको भिएफएक्सको पनि धेरैले खिल्ली उडाए।
फ्लप नम्बर २ : किसी का भाइ किसी का जान
चटपटे भूमिका र कमेडीमा सलमान खानलाई मन नपराउने को होला? बलिउडमा लामो समयदेखि राज गर्दै आएका सलमान खानको फिल्म 'किसी का भाइ किसी का जान'को सन्दर्भमा भने यो प्रश्न अनुत्तरित रह्यो। बहुप्रतिक्षित भए पनि फिल्म फ्लप भयो। वर्षको महँगो फिल्मका रुपमा चर्चा भए पनि बक्स थिएटरमा दर्शकको उपस्थिति बलियो भएन। साउथ स्टारहरु समेत जोडेर फिल्मलाई ग्रान्ड बनाउने प्रयास भयो फ्लप।
फ्लप नम्बर ३ : भोला
बलिउड साउथ इन्डियन फिल्मबाट निक्कै प्रभावित छ। पछिल्लो समय साउथ मुभीको हिन्दी रिमेक जोडतोडले चलरहेको छ। त्यसमा सबैभन्दा धेरै अजय देवगानले गेन पनि गरिरहेका छन्। उनको सिंघमदेखि दृश्यमसम्म हिटका हिट फिल्महरु साउथका रिमेक थिए। तर यसापाला साउथ रिमेकले काम दिएन। बिग बजेटमा बने पनि तामिल फिल्मको हिन्दी भर्सन दर्शकले रुचाएनन्। अजय र तब्बुको लिड रोलको फिल्म ठूलै असफलता हासिल गर्दै सिनेमाघरबाट बाहिरियो।
फ्लप नम्बर ४ : सेल्फी
सिनेमा स्टार र उसको फ्यानको नोकझोकको कथा लिएर मैदानमा उत्रिएको सेल्फी वर्षको अर्को बिगेस्ट फेलियर प्रोजेक्ट बन्न पुग्यो। यो पनि दक्षिण भारतीय मलायलम भाषाको ड्राइभिङ लाइसेन्सको रिमेक थियो। राम सेतुको असफलताबाट उम्किने अवसरका रुपमा लिइएको थियो अक्षय कुमारको यो फिल्म। इमरान हासमी र अक्षय लिड रोलमा रहेको फिल्म नराम्ररी पछारियो। अक्षय कुमारको बक्स अफिस असफलताको श्रृङ्खलालाई यसले ब्रेक लगाउन सकेन।
फ्लप नम्बर ५ : शहेजादा
कार्तिक आर्यनका फिल्म हिट हुनु स्वभाविक बनिरहेको बेलामा आएको फिल्म हो शहेजादा। तर फिल्मले अस्वभाविक बाटो लियो। भुलभुलैया २ को अपार सफलतालाई एकछेउबाट पनि भेट्न पाएन आर्यनको शहेजादाले। रमाइलो के भने यो फिल्म पनि साउथ फिल्मकै रिमेक थियो। क्रिटिकले मिक्स रिभ्यू दिए पनि फिल्मलाई अडियन्सले भने - सरी।