PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रणवीर र आलियाको 'रकी और रानीकी प्रेम कहानी' को ट्रेलर यस्तो



पहिलोपोस्ट

रणवीर र आलियाको 'रकी और रानीकी प्रेम कहानी' को ट्रेलर यस्तो

रणवीर सिंह र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर सार्वजनिक भएको छ। धर्मा प्रडक्सन युट्युबमार्फत सार्वजनिक भएको ट्रेलर आलिया र रणवीरको प्रेमसम्बन्ध वरिपरि घुमेको छ।

ट्रेलरमा आलिया र रणवीरको बढ्दो निकटता र बिहे प्रसङ्गलाई समेटिएको छ। उनीहरुले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा आउने समस्या र भोग्नुपरेको चुनौतीलाई ट्रेलरमा देखाइएको छ।  

फिल्ममा रणवीर र आलियाका साथै धर्मेन्द्र, जया बच्चन, शबाना आजमी, रोनित रोय लगायतको अभिनय रहेको छ।

धर्मा प्रडक्सन र भियाकम १८ को निर्माण रहेको फिल्ममा करण जोहरको निर्देशन रहेको छ। यस फिल्ममार्फत करणले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्।

यो फिल्म २८ जुलाई अर्थात् साउन १२ गतेबाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell