PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

रेखा थापाको 'उपहार'मा पूजा शर्मालाई मुख्य भूमिका



पहिलोपोस्ट

रेखा थापाको 'उपहार'मा पूजा शर्मालाई मुख्य भूमिका

रेखा थापाको निर्माणमा बन्ने फिल्मको अन्तत: नाम तय भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्मको शीर्षक ‘उपहार’ राखिएको हो।

यस फिल्ममा रेखाका साथै पूजा शर्मा मुख्य भूमिकामा देखिनेछिन्। फिल्मका अन्य कलाकारहरु छिट्टै फाइनल गरिने निर्देशक देउजाले बताए।

रेखा थापा र सुलक्षण भारतीको कन्सेप्ट रहेको फिल्मको पटकथा/संवाद अभिमन्यु निरवीको रहेको छ। लभस्टोरी र सोसल ड्रामा जनरामा बन्ने फिल्मको छायाँकन भने भदौ पहिलो  साताबाट सुरु हुनेछ।

रेखाले नयाँ फिल्म बनाउन कुरा लामो समयदेखि चर्चामा भएपनि टाइटल भने फिक्स हुन सकेको थिएन। तर, हिजो सोमवार मात्रै एलिना चौहान र बाबुल गिरीको स्वरमा फिल्मको गीत रेकर्ड गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell