PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ललिता निवास प्रकरणमा 'भ्याकेट' लिएर प्रहरी पुग्यो सर्वोच्च



पहिलोपोस्ट

ललिता निवास प्रकरणमा 'भ्याकेट' लिएर प्रहरी पुग्यो सर्वोच्च

काठमाडौं : ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले भ्याकेट निवेदन दर्ता गराएको छ। अदालतले यस प्रकरणमा जोडिएका १७ जनालाई तत्काल पक्राउ नगर्ने आदेश दिएको थियो। त्यसैको विरुद्ध प्रहरी भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो।

मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा पेशी चेढेको हो। बुधवार मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। शुक्रवार भएको सुनुवाईमा अदालतले कारण देखाउन आदेश दिएको थियो। आज दुई पक्षको बहसपछि अदालतले रिहा गर्ने वा थुनामा नै राखेर अनुसन्धान अगाडि बढाउने आदेश दिने छ।

ललिता निवास प्रकरणमा प्रहरीले गत मंगलवार निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत सात जनालाइ प्रहरीले पक्राउ गरेको थियो। जसमा कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई प्रहरीले रिहा गरिसकेको छ। 'स्टे अर्डर' लिएको आधारमा उनीहरु छुटेका हुन्। बाँकी १७ जनाले पनि स्टे अर्डर पाएका थिए।

उनीहरुविरुद्ध प्रहरीले बुधवार जिल्ला अदालतबाट सात दिन हिरासत राख्ने अनुमति पाएको थियो। ललिता निवास प्रकरणमा प्रहरीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। जसमा जग्गा फिर्ता गरेका २ सय ९ जनाविरुद्ध पनि पक्राउ पूर्जी रहेको छ। पक्राउ पर्नेको संख्या ८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell