PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन



पहिलोपोस्ट

कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन
Photo: Indian Football Team/ Twitter

काठमाडौँ: कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन बनेको छ। श्रीकान्तिराव स्टेडियममा आज सम्पन्न फाइनल खेलमा आमन्त्रित टोली कुवेतलाई सडन डेथमा हराउँदै भारत साफ च्याम्पियन बनेको हो।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा रोकिएको थियो। खेलको १४ औँ मिनेटमा शबिब अल खालदीको गोलमा कुवेतले अग्रता बनाएको थियो। तर, ३८ औँ मिनेटमा लल्लियानज़ुआला चांगटेले भारतका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए। नेपालका रेफ्रो प्रज्वल क्षेत्रीले खेलाएको खेलको दोस्रो हाफमा दुबै टोलीले राम्रो प्रदर्शन गरे पनि गोल गर्न भने असफल भए। निर्धारित समयमा निर्णायक गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। जसमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

जसमा खेल सडन डेथमा पुग्दा भारतले हराएको हो। भारतले ५-४ गोलअन्तरले जित निकालेको हो। कुवेतका मोहम्मद दाहम र खालिद अल इब्राहिम पेनाल्टीमा चुक्दा भारतका उदान्त सिंह चुकेका थिए।

भारत र कुवेत समूह 'ए' मा पाकिस्तान र नेपाललाई पछि पार्दै सेमिफाइनलमा खेलेका थिए। यसअघि समूह चरणमा यी दुई टोली बराबरीमा रोकिएका थिए। समूह 'ए' को विजेता रहेको कुवेतले समूह 'बी' को उपविजेता बंगलादेशलाई सेमिफाइनलमा १-० गोलअन्तरले हराएर फाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह 'ए' को उपविजेता भारतले सेमिफाइनलमा समूह 'बी' को उपविजेता लेबनानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

योसँगै भारतले नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टोली हो भारत। सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा च्याम्पियन बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell