
काठमाडौं : आज बिहानदेखि देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज बिहान ८ बजेसम्मको रेकर्ड अनुसार सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाका कारण सो क्षेत्र भई बहने स-साना नदीहरु तथा डुवान भइरहने होचो स्थानहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा भइरहेकोले जोखिम बढ्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।