PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

चार दिनमा सुन तोलामा एक हजार रुपैयाँ बढ्यो



पहिलोपोस्ट

चार दिनमा सुन तोलामा एक हजार रुपैयाँ बढ्यो

काठमाडौं : सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा २०० रुपैयाँ र चाँदीमा १० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको छ।

बुधबारका लागि सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलाको १ लाख १० हजार ४०० रुपैयाँ थियो।

यो साताको चौथो दिनमा आइपुग्दा सुनको कारोबार मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ। गत शुक्रबार तोलाको १ लाख ९ हजार ६०० रुपैयाँ थियो।

चाँदीको कारोबार मूल्य बुधबार प्रतितोला १ हजार ३८० रुपैयाँ पुगेको छ। यो मूल्य मंगलबारका तुलनामा ५ रुपैयाँ तथा गत शुक्रबारका तुलनामा २० रुपैयाँले बढी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell