PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित



पहिलोपोस्ट

जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल : लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ। प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि १० मिनेटका लागि बैठक स्थगित भएको हो।

दोस्रो अधिवेशनको १७औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष समय लिएर सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो। सभामुख तुलाराम घर्ती मगरले जेनेरेटरमा आगलागी भएको बताउँदै १० मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिए।

लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै मंगलवार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबिच सहमति भएपछि बुधवार बैठक बसेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell