PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

प्रितम सिंहबारे प्रचण्डले दिएको अभिव्यक्तिका कारण एमालेले माग्यो राजीनामा, भन्यो : प्रधानमन्त्रीको राजनीतिक र संवैधानिक आधार गुम्यो



पहिलोपोस्ट

प्रितम सिंहबारे प्रचण्डले दिएको अभिव्यक्तिका कारण एमालेले माग्यो राजीनामा, भन्यो : प्रधानमन्त्रीको राजनीतिक र संवैधानिक आधार गुम्यो

काठमाडौं : नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ। संसदीय दलको बैठकबाट एमालले प्रचण्डले पदमा बस्ने आधार गुमाएको निचोड निकालेको हो।

'संवैधानिक र राजनीतिक आधार उहाँमा देखिएन,' एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने। प्रतिनिधि सभाको बुधवारको बैठकमा एमालेले आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएको छ।

'बैठक सामान्य रुपले अघि बढ्न सक्दैन। प्रधानमन्त्रीले सामान्य जवाफ दिएर हुने कुरा होइन। यो राजीनामाको कुरा हो,' बर्तौलाले भने।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले व्यावसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर एमाले आक्रमक बनेको हो।

'उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो धेरैचोटी दिल्ली जानुभयो,' प्रचण्डले भनेका थिए,' काठमाडौंका नेता र पार्टीसँग पनि छलफल गर्नुभयो। उहाँको राजनीति सफल भयो भनेमात्रै देशको विकास हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell