PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

एमालेले राजीनामा मागेपछि प्रचण्डको जवाफ : बहाना चाहिएको छ विधेयक रोक्ने



पहिलोपोस्ट

एमालेले राजीनामा मागेपछि प्रचण्डको जवाफ : बहाना चाहिएको छ विधेयक रोक्ने

काठमाडौं : नेकपा एमालेले राजीनामा मागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ फर्काएका छन्।

प्रचण्डले एमालेले सदनलाई अवरोध गर्न बहाना खोजिरहेकाले आफूले नबोलेकै कुरामा निहुँ खोजेको आरोप लगाएका हुन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रथम राष्ट्रिय युवा भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले आफूले प्रितम सिंहले व्यापारमात्रै नगरेर राजनीतिमा समेत भूमिका खेलेकोमात्रै बताएको प्रष्टीकरण दिए।

'बोलेको केही पनि छैन। बोलेको यो पुस्तकमा जसको बारेमा चर्चा छ। उनले अरुका ट्रक र बस चलाउनेमात्रै काम गर्दैनन् पोलिटिक्समा पनि चासो राख्छन् भनेको हो,' उनले भने।

उनले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत धाएको विषय २०७२ सालको भएको पनि बताएका छन्। एमाले मिटर ब्याजीलाई कारवाही गर्नका लागि ल्याउन लागिएको प्रतिस्थापन विधेयकलाई रोक्न सदन अवरोध गर्न लागेको आरोप लगाए। बुधवारको प्रतिनिधि सभाको बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने कार्यसूची रहेको छ।

एमालेले गरेको सदन अवरोधको विषय गहिरो भएको आरोप लगाएका छन्। एमालेले राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर अवरोध गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell