PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

राजतन्त्रको मुद्दा फेरि बोक्दै कमल थापा : राजसंस्थाबारे पार्टीको नीतिमा पुनर्विचार हुन्छ



पहिलोपोस्ट

राजतन्त्रको मुद्दा फेरि बोक्दै कमल थापा : राजसंस्थाबारे पार्टीको नीतिमा पुनर्विचार हुन्छ

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन्। राजसंस्थाको औचित्य र आवश्यकता रहेको हुँदाहुँदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अवस्थामा केन्द्रीय समिति बैठकमा व्यक्त धारणा र देशभरीका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारे। बुधवार पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस कम्युनिस्टप्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रित भएको अवस्थामा २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुनेसमेत थापाले भविस्यवाणी गरे।

थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनुपर्ने भन्दै सबै जनवर्गीय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिए। भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनु पर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापूर्वक उभिनसमेत आग्रह गरे। राप्रपा नेपाल असल विचार, निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली वैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दृढता ब्यक्त गरे। कार्यक्रममा जनवर्गीय संगठनका प्रमुखहरुले कार्ययोजनासहित भावी रणनीति प्रस्तुत गरेको पार्टीका महामन्त्री राजारम बर्तौलाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell