PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'प्रितम सिंह प्रकरण'मा सदन घेर्दै एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा, माओवादीकी सांसद बोल्दाबोल्दै बैठक स्थगित



पहिलोपोस्ट

'प्रितम सिंह प्रकरण'मा सदन घेर्दै एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा, माओवादीकी सांसद बोल्दाबोल्दै बैठक स्थगित

काठमाडौं : नेकपा एमालले प्रतिनिधि सभाको बैठका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर विरोध जनाएको छ। एमालेका सांसद रघुजी पन्तले एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भए पनि उनलाई सम्माननीय प्रधानमन्त्री भन्न अप्ठेरो भएको बताए। उनले प्रितम सिंहको सोमवारको किताब विमाचनमा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको बताएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तितले देशको स्वाभिमान गुमेको पन्तले बताए। '७० वर्षको उमेर भक्ति थापा गोली खाएर मरे। त्यही स्वभामिनमाथि प्रधानमन्त्रीबाट प्रहार हुन्छ,' उनले भने। भारत भ्रमणका बेलामा इपिजी प्रतिवेदन बुझ्ने वातावरण बनाउन एमालेले आग्रह गरेको भए पनि त्यसबारे भारत भ्रमणमा कुरै नगरेकोमा पन्तले आक्रोश व्यक्त गरे। पन्तले नेपालको प्रधानमन्त्री नेपालीले मात्रै बनाउन सक्ने भन्दै भने,' नेपालको प्रधानमन्त्री बनाउन दिल्लीतिर जाने हो?'

पन्तले प्रधानमन्त्रीको राजीनामा नआइ सदन चल्न नदिने भनेपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर विरोध जनाए। विरोध जारी रहँदा मा‌ओवादीकी सांसद छिरिङ ल्हामु लामा तामाङले आफ्नो भनाइ राख्दै थिइन्। उनी बोल्दाबोल्दै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell