PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

शरद गौचन हत्यामा संलग्न समिरमानलाई जन्मकैदको फैसला



पहिलोपोस्ट

शरद गौचन हत्यामा संलग्न समिरमानलाई जन्मकैदको फैसला

काठमाडौं : गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ। व्यवसायी शरदकुमार गौचनलाई गोली हानेका सुटर समिरमानलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो।

समिरमानले २०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित प्रयाग चोकमा त्यतिबेला निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका गौचनलाई गोली हानी हत्या गरेका थिए। समिरमानलाई त्यही वर्षको माघमा प्रहरीले पक्राउ गरेको थियो।

हुलाकी मार्ग निर्माण ठेक्कामा बस्न्यातले २ प्रतिशत कमिसन मागेका गौचनले नदिएपछि हत्या गरेको बस्न्यातले बयान दिएका थिए। अदालतले सुटर लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाएको छ। त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० पनि वर्ष कैद सजाय तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell