PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

यस्तो छ 'बगान' को ट्रेलर



पहिलोपोस्ट

यस्तो छ 'बगान' को ट्रेलर

काठमाडौं: सरोज खनालको डेब्यू निर्देशन रहेको फिल्म ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर श्रीमानको मृत्यु भएसँगै एकल महिलाले समाजमा भोग्नुपरेको चुनौती वरिपरि घुमेको छ।

एकल महिलाको भूमिकामा करिश्मा मानन्धरलाई देखाइएको छ। उनको जीवनमा सरोजको इन्ट्रीसँगै आउने समस्याहरु र एकल महिलाले पुनर्विवाह गर्न पाउनुपर्ने कुराहरु ट्रेलरमा अटाएका छन्।

फिल्ममा करिश्मा र सरोजका साथै प्रमिला कार्की, आकाश श्रेष्ठ, बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा लगायतको अभिनय रहेको छ। सुरेश वाग्ले निर्माता रहेको फिल्मको कथा स्वपनिल नीरव र पटकथा निर्देशक खनालले नै लेखेका हुन्। त्यस्तै, कार्यकारी निर्माता भने विनोद मानन्धर हुन्। यो फिल्म असार २९ गतेबाट रिलिज हुँदैछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell