PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

घुस रकमसहित इन्जिनियर पक्राउ



पहिलोपोस्ट

घुस रकमसहित इन्जिनियर पक्राउ
प्रतीकात्मक स्केच

बुटवल : रुपन्देहीमा ४५ हजार घुससहित एकजना इन्जिनियर रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादव रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादवले कोटहीमाई गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कामको नापजाँच पश्चात भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो। घुससहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell