PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

वाग्मती प्रदेशको बजेट बिहीबार पारित गर्ने सरकारको तयारी



पहिलोपोस्ट

वाग्मती प्रदेशको बजेट बिहीबार पारित गर्ने सरकारको तयारी

हेटौंडाः वाग्मती प्रदेश सरकारले ल्याएको वार्षिक बजेटको मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम जारी छ। बुधबार ६ जना मन्त्रीले जवाफ दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले जवाफ दिएका छन्।

उनीहरुले योजनाको तर्जुमा र छनोटमा राजनीतिक पूर्वाग्रह नभएको, राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकतामा राखेकोलगायतका विषयमा जवाफ दिएका छन्।

मन्त्रीहरुले कृषि उत्पादन, पशुपंक्षीको उपचार, स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय तुल्याउने, शिक्षालाई दक्ष जनशक्ति उत्पादनको लागि आवश्यक पूर्वाधार तयार गरी लागू गर्दै लैजाने प्रतिवद्धता जनाए।

मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नमा बिहीबार पनि जवाफको कार्यसूची रहेको छ। बिहीबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि जवाफ दिने सभामुख भुवनकुमार पाठकले जानकारी दिए। पाठकका अनुसार जवाफ सकिएपछि विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell