PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

अवरोधले रोकिएको बैठक शुक्रबारसम्म स्थगित



पहिलोपोस्ट

अवरोधले रोकिएको बैठक शुक्रबारसम्म स्थगित
फाइल फोटो

काठमाडौंः प्रतिपक्ष दलहरुको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक असार २२ गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमाले र अन्य प्रतिपक्ष दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न एक व्यवसायीले भारत धाएको भनेर दिएको अभिव्यक्तिको आलोचना गर्दै प्रतिनिधि सभा अवरुद्ध गरेका थिए। 

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध भएपछि आधा घन्टाका लागि स्थगित भएको थियो। तर, राजनीतिक सम्वादले निकास पाउन नसकेपछि बैठक दुई दिनका लागि स्थगित भएको हो। 

संसदका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell