PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भाटभटेनीका सञ्चालक मीनबहादुर सहित तीन जनाको निवेदन 'हेर्न नमिल्ने'



पहिलोपोस्ट

भाटभटेनीका सञ्चालक मीनबहादुर सहित तीन जनाको निवेदन 'हेर्न नमिल्ने'

काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उनीहरुको पेशी चढे पनि हेर्न नमिल्ने सुचीमा राखिएको हो। अर्थात् आज यस निवेदनमा सुनुवाई हुनेछैन।

मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। शुक्रवार भएको सुनुवाइमा अदालतले कारण देखाउन आदेश दिएको थियो। उनीहरुले हदम्याद नाघेको विषयमा प्रहरीले पक्राउ गरेको भन्दै रिट निवेदन दिएका हुन्।

ललिता निवास प्रकरणमा प्रहरीले गत मंगलवार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत सात जनालाई प्रहरीले पक्राउ गरेको थियो। जसमा कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई प्रहरीले रिहा गरिसकेको छ। 'स्टे अर्डर' लिएको आधारमा उनीहरु छुटेका हुन्।

उनीहरु विरुद्ध प्रहरीले जिल्ला अदालतबाट थप सात दिन हिरासत राख्ने अनुमति पाएको थियो। ललिता निवास प्रकरणमा प्रहरीले ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। जसमा जग्गा फिर्ता गरेका २ सय ९ जनाविरुद्ध पक्राउपूर्जी रहेको छ। पक्राउ पर्नेको संख्या ९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell