PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

दक्षिण अफ्रिकामा नाइट्रेट अक्साइड ग्यास 'लिक' हुँदा १६ जनाको मृत्यु



पहिलोपोस्ट

दक्षिण अफ्रिकामा नाइट्रेट अक्साइड ग्यास 'लिक' हुँदा १६ जनाको मृत्यु

नाइट्रेट अक्साइड ग्यास 'लिक' हुँदा दक्षिण अफ्रिकामा १६ जनाको मृत्यु भएको छ। जोहन्सबर्गस्थित बोक्सबर्गमा रहेको एक अस्थायी बसोवास क्षेत्रमा ग्यास चुहावट भएको हो। यो घटना गैरकानुनी सुन खानी क्षेत्रसँग सम्बन्धित रहेको जनाइएको छ।

नाइट्रेट अक्साइड ग्यास गैर कानुनी खानी क्षेत्रहरुमा प्रयोग हुने गर्छ। 'जामा जामा' भनेर चिनिने सो क्षेत्रमा पुराना खानीहरुबाट चोरी गरि ल्याएका माटोबाट सुन निकाल्न प्रयोग हुन्छ।

स्थानीय अधिकारीहरुका अनुसार एउटा ग्यास सिलिन्डर ठूलो जनसंख्या भएको बोक्सबर्गको एनगोलफ स्यान्ती शहरमा 'लिक' भएको जनाइएको छ। पीडितहरु सिलिन्डर पाइएको १०० मिटरको 'रेडियस'मा भेटिएका हुन्। ग्यास चुहावट भएपछि श्वास फेर्न नसकेर उनीहरुको मृत्यु भएको हो।

सोही शहरमा ६ महिना अघि ग्यास ट्याङ्कर विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell