PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'सालार' को टिजरमा प्रभासको एक्सन झलक 'रिभिल'



पहिलोपोस्ट

'सालार' को टिजरमा प्रभासको एक्सन झलक 'रिभिल'

अभिनेता प्रभास फिल्म ‘सालार’ मा देखिने भएका छन्। सार्वजनिक भएको टिजरमा प्रभासको एक्सन र स्टन्टसहितको झलक 'रिभिल' गरिएको हो।

टिजरमा टीनु आनन्दले बोल्ने दमदार संवादले दर्शकको ध्यान तान्छ। पृथ्वीराज सुकुमारन पनि टिजरमा अटाएका छन्।  

सालारमा प्रशान्त नीलको कथा,पटकथा र निर्देशन रहेको छ। यस फिल्ममार्फत प्रभासले नीलसँग पहिलोपटक सहकार्य गरेका हुन्। फिल्मको नाम ‘सालार: द सीज फायर पार्ट १’ राखिएको छ। फिल्मको अर्को भाग आउने निश्चित छ। यो फिल्म आगामी असोज ११ (२८ सेप्टेम्बर) गते प्रदर्शन हुँदैछ।

फिल्ममा प्रभास, टीनु र पृथ्वीराजका साथै श्रुति हसन र जगपनि बाबुको पनि अभिनय छ। प्यान इण्डिया फिल्म ‘सालार’ तमिलसहित मलयालम, तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell